शुक्रबार, भाद्र २६ गते २०८३
images

अभिषेक रिजालसहित यी तीन खेलाडी बाहिरिए प्रशिक्षणबाट

एक्सप्रेस पाना
भाद्र ८, २०७८ मंगलबार
  • 476
    SHARES
  • अभिषेक रिजालसहित यी तीन खेलाडी बाहिरिए प्रशिक्षणबाट

     भाद्र ८ काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बन्द प्रशिक्षणबाट फवार्ड अभिषेक रिजालसहित तीन खेलाडीलाई टोलीबाट बाहिराएका  छन् ।

    images

    प्रशिक्षक अब्दुल्लाहले आज टोलीबाट गोलकिपर अर्पण कार्की, मिडफिल्डर शिशिर लेखी र फरवार्ड अभिषेक रिजाल बाहिरिएका हुन् । हाल राष्ट्रिय फुटबल टोली भारतविरुद्ध यसै महिना हुने दुई मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपको तयारीका लागि यति बेला पोखरामा प्रशिक्षण गरि रहेको छ । 

    नेपालले आगामी सेप्टेम्बर २ र ५ मा भारतसँग त्रिपुरेश्वस्थित दशरथ रंगशालामा दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने छ । आगामी अक्टोबर १ देखि माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

    images


    बन्द प्रशिक्षणमा रहेको २५ सदस्यीय नेपाली टोली

    राजन गुरुङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जेउ ठकुरी, तेज तामाङ,किरण कुमार लिम्बु, दीप कार्की, विशाल सुनार, विकेश कुथु, अनन्त तामाङ, आयुष घलान, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, आशिष लामा, अञ्जन विष्ट, विशाल राई, मनिस डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी