आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल एक दिवसीय वरियतामा यथावत्

एक्सप्रेस पाना
आषाढ २९, २०७९ बुधबार
  • 279
    SHARES
  • नेपाल एक दिवसीय वरियतामा  यथावत्

    असार २९ काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल यथावत् रहेको छ ।

    images

    आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९औँ स्थानमा यथावत् रहेको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औँ स्थानमा रहेको थियो । एकदिवसीय वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ भने इङल्यान्ड दोस्रो तथा भारत तेस्रो स्थानमा छ ।

    त्यसैगरी पाकिस्तान चौथो स्थानमा छ भने अष्ट्रेलिया पाँचौँ स्थानमा रहेको छ । दक्षिण अफ्रिका छैठौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, वेष्ट इन्डिज नवौँ र अफगानिस्थान दसौँ स्थानमा छन् ।

    images