आइतबार, भाद्र २८ गते २०८३
images

महिला युरोकप : नेदरल्याण्ड्स र स्वीडेन विजयी

एक्सप्रेस पाना
आषाढ ३०, २०७९ बिहीबार
  • 331
    SHARES
  • महिला युरोकप : नेदरल्याण्ड्स र स्वीडेन विजयी

    एजेन्सी । महिला युरोपियन च्याम्पियनसिप फुटबल प्रतियोगिता २०२२ मा नेदरल्याण्ड्स र स्वीडेन विजयी भएका छन् ।

    images

    समूह सी मा रहेको साविक विजेता नेदरल्याण्ड्सले पोर्चुगलमाथि ३-२ को जित निकाल्यो । खेलको सातौ मिनेटमै डामारिस इक्वेरोलाको गोलसँगै नेदरल्याण्ड्सले अग्रता लिएको थियो ।

    १६औं मिनेटमा नेदरल्याण्ड्सकी स्टेफानी भान डेर ग्राटले अग्रता दोब्बर पारिन् । त्यसपछि पोर्चुगलले लगातार दुई गोल थप्न सफल भयो ।

    images

    उसका लागि ३८औं मिनेटमा पेनाल्टीमार्फत क्यारोली कोष्टा र ४७औं मिनेटमा डायन सिल्वाले गोल थपेकी थिइन् । तर ६२औं मिनेटमा भान डि डोंकले गोल गर्दै नेदरल्याण्ड्सलाई ३-२ को जित दिलाइन् । जितपछि २ खेलबाट ४ अंक जोड्दै नेदरल्याण्ड्स शीर्ष स्थानमा पुगेको छ । पोर्चुगल तेस्रो स्थानमा छ ।

    यही समूहको अर्को खेलमा स्विडेनले स्वीटजरल्याण्डलाई २-१ ले हरायो । स्वीडेनका लागि फ्रिडोलिना राल्फो र हान्ना बेनिसनले एकएक गर्दा स्वीटजरल्याण्डकी बच्मानले एक गोल फर्काइन् । स्वीडेन दुई खेलबाट ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ। स्वीटजरल्याण्ड तालिकाको पुछारमा छ ।

  • सम्बन्धित विषय:

  • # महिला युरोपियन च्याम्पियनसिप