शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाली बक्सर शेर्पालाई दुबईमा कास्य पदक

एक्सप्रेस पाना
भाद्र ८, २०७८ मंगलबार
  • 378
    SHARES
  • नेपाली बक्सर शेर्पालाई दुबईमा कास्य पदक

    एजेन्सी । दुबईमा जारी एएसबिसी युथ तथा जुनियर बक्सिङ च्याम्पिनयसिपमा नेपाली खेलाडी छिरिङ शेर्पाले कास्य पदक जितेका छन् ।

    images

    पुरुष ५४ केजीको प्रतिस्पर्धा गरेका शेर्पा सेमिफाइनलमा काजकिस्तानका खेलाडी अदाइबेक नियाज्बसँग पराजित भएपनि पदक जित्न सफल भएका हुन् ।

    सेमिफाइनलअघि भएको खेलमा शेर्पाले कुवेतका मोहम्मेद एलेन्जीलाई पराजित गर्दै अदाइबेकसँगको भेट पक्का गरेका थिए । पहिलो र दोस्रो राउन्डमा उत्कृष्ट प्रदर्शन गरेपनि अदाइबेक उनीविरुद्ध हाबी हुँदा शेर्पाले खेल गुमाएका थिए । 

    images

    एएसबिसी युथ तथा जुनियर बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन शेर्पासहित ६ खेलाडी र ६ अफिसियलको टोली गत बुधबार दुवई प्रस्थान गरेको थियो । शेर्पाबाहेक ईन्द्रबहादुर सुनार, सुलभ माली, सुदेन गिरी, नारिका राई र स्वस्तिका तिरुवाले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए