शुक्रबार, भाद्र २६ गते २०८३
images

पोर्चुगिज क्लब बेन्फिका च्याम्पियन्स लिगमा छनौट

एक्सप्रेस पाना
भाद्र ९, २०७८ बुधबार
  • 597
    SHARES
  • पोर्चुगिज क्लब बेन्फिका च्याम्पियन्स लिगमा छनौट

    एजेन्सी । युरोपको सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स गिलको लागि पोर्चुगिज फुटबल क्लब बेन्फिका छनौट भएको छ । 

    images

    मङ्गलबार राति सम्प्रन प्ले अफको दोस्रो लेगमा डच क्लब पिएसभीसँग गोलरहित बराबरी खेलेपनि समग्रमा २–१ गोलको नतिजा निकाल्दै बेन्फिका च्याम्पियन्स लिगमा छनौट भएको हो । 

    जारी खेलको ३२औं मिनेटमा लुकास भेरिसिमोले रातो कार्ड पाएपछि १० खेलाडीमा समेटिएको पाहुना टोली बेन्फिकाले निर्धारित समयसम्म कुनै गोल गर्न सकेन । र, पहिलो लेगमा २–१ गोलको जित निकालेको फाइदा उठाउँदै ऊ च्याम्पियन्स लिगमा छनोट भएको हो । 

    images

    यस्तै,  बुल्गेरियाको लुडोगोरेट्ससँग २–१ गोलले पराजित भएपनि समग्रमा ३–२ को जितसहित स्वीडेनको माल्मो च्याम्पियन्स लिगमा छनोट भएको छ । गए रातिकै अर्को खेलमा हंगेरीको फेरेनसभारोसमाथि ३–२ गोलको जित निकाल्दै स्वीट्जरल्यान्डको योङ ब्वाइज समग्रमा ६–४ को जितसहित छनोट भएको छ । प्ले अफबाट छानिने ६ मध्ये अब तीन टोलीको तय हुन बाँकी छ । आज राति हुने तीन खेलपछि तीन टोलीको टुङ्गो लाग्ने छ ।  

    BSC Young Boys vs Ferencvaros, UEFA Champions League 2021-22 Live Streaming  Online: Where To Watch UCL Playoff Match Live Telecast on TV & Free  Football Score Updates in India? | ⚽ LatestLY