एजेन्सी । फिफा विश्वकप सन् २०२२ को छनौटको लागि वेल्सले आफ्नो टोली घोषणा गरेको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने चर्चाबीच वेल्सका फरवार्ड ग्यारेथ बेल टोलीमा पर्न सफल भएका छन् । ३२ वर्षीय बेलले युरो कप २०२० पछि सन्यास लिने सङ्केत दिएका थिए ।
वेल्सका मुख्य प्रशिक्षक रोब पेज फेरि एक पटक बेलबाट अपेक्षाकृत देखिएका छन् । युरो कपको अन्तिम १६ सम्म वेल्सको नेतृत्व गरेका पेजले रियल मड्रिडका बेल पुनः एक पटक टोलीमा परेको जनाएका छन् ।
वेल्सले आगामी सेप्टेम्बर १ मा फिनल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्ने छ । त्यसपछि बेलारुस र एस्टोनियासँग विश्वकप छनोटको खेल खेल्नेछ । बेलारुससँग सेप्टेम्बर ५ र एस्टोनियासँग सेप्टेम्बरमा ८ मा वेल्सले खेल्ने छ । विश्वकप छनोटको समूह ‘ई’मा रहेको वेल्सले दुई खेल खेल्दै तीन अङ्क जोडेको छ ।
यस्तो छ वेल्सको घोषित टोली



