शुक्रबार, भाद्र २६ गते २०८३
images

इंग्ल्यान्डका क्रिकेटर एलेक्सले ललितपुरबाट ईपीएल खेल्ने

एक्सप्रेस पाना
भाद्र ९, २०७८ बुधबार
  • 331
    SHARES
  • इंग्ल्यान्डका क्रिकेटर एलेक्सले ललितपुरबाट ईपीएल खेल्ने

    भदौ ९ काठमाडौं । इंग्ल्यान्डका क्रिकेटर एलेक्स ब्लाकेले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी२० क्रिकेट खेल्ने भएका छन् । एलेक्सले साविक विजेता ललितपुर प्याट्रीयट्सबाट ईपीएल खेल्ने भएका हुन् ।  

    images

    ललितपुरले आज (बुधबार) एक विज्ञप्ति जारी गदै एलेक्सलाई अनुबन्ध गरेको घोषणा जनाएको छ । बायाँ हाते ब्याट्सम्यान एलेक्सले केन्ट काउन्टी क्रिकेट क्लबबाट खेल्ने गर्छन् । चौंथो संस्करणको ईपीएल क्रिकेट आगामी असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

    प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

    images