आइतबार, भाद्र २८ गते २०८३
images

यू-१७ छनोट मंगलबारबाट

एक्सप्रेस पाना
श्रावण ८, २०७९ आइतबार
  • 445
    SHARES
  • यू-१७ छनोट मंगलबारबाट

    साउन ८ काठमाडौं । यू-१७ राष्ट्रिय टोलीको छनोट मंगलबारबाट सुरु हुँदैछ ।

    images

    छनोट सोमबारदेखि सुरु हुने भनिए पनि एक दिन ढिलो गरी मंगलबारसम्म पुगेको छ । छनोटमा सहभागी हुन खेलाडीहरूले सोमबार साँझ ५ बजेसम्म दर्ता गर्न सक्नेछन् ।

    खेलाडीको अन्तिम नामावली सोमबार साँझ एन्फाको सामाजिक सञ्जाल (फेसबुक र ट्विटर)मा प्रकाशित हुने एन्फाले जनाएको छ ।

    images

    जनवरी १, २००६ पछि जन्मेका खेलाडीले छनोट प्रक्रियामा भाग लिन पाउनेछन् । खेलाडीले दर्ताका लागि एन्फा कम्प्लेक्समा जन्म प्रमाणपत्र वा राहदानी वा राष्ट्रिय परिचयपत्र ल्याउनु पर्ने बताएको छ ।