एजेन्सी । युरोप सबैभन्दा ठुलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्सफ लिगको लागि अस्ट्रियन क्लब आरबी साल्जबर्ग छनौट भएको छ ।
गए राति प्ले अफको दोस्रो लेगमा ब्रोन्ड्बीलाई २–१ गोलले हराउँदै समग्रमा ४–२ ले विजयी भएको साल्जबर्ग च्याम्पियन्स लिगमा छनोट भएको हो । साल्जबर्गको जितमा बेन्जामिन सेस्को र ब्रेन्डेन आरोनसनले एक–एक गोल गरे । ब्रोड्बीका आन्द्रेस म्याक्सोले एक गोल फर्काए ।
यस्तै अर्को खेलमा गए राति नै भएको अर्को खेलमा शख्तर डोनेस्कसँग २–२ गोलको बराबरी खेलेको मोनाको समग्रमा ३–२ ले पछि पर्दै बाहिरिएको हो ।
बुधबार रातिकै अर्को खेलमा डायनामो जाग्रेबसँग गोलरहित बराबरी खेलेको शेरिफ भने छनौट हुन सफल भयो । पहिलो लेगमा ३–० गोलको जित निकालेको शेरिफ सोही जितको माध्यमबाट छनोट भएको हो ।
उक्त खेलहरुसँगै प्ले अफबाट च्याम्पियन्स लिगमा छनौट हुने ६ टोलीको टुङ्गो लागेको छ । यसअघि पोर्चुगलको क्लब बेन्फिका, माल्मो र योङ्ग ब्वाइज छनोट भएका थिए । त्यस्तै च्याम्पियन्स लिगको नयाँ सिजन २०२१र२२ को ड्र आज राति सार्वजनिक हुनेछ ।


