एजेन्सी । प्रि सिजनको मैत्रिपुर्ण खेलमा स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोना र इटालियन सिरी ए फुटबल क्लब युभेन्टस २२ बराबरीमा रोकिएका छन् । खेलमा दुईपटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना बराबरीमा रोकिएको हो ।
बार्सिलोनाको लागि दुबै गोल ओस्मान डेम्बेलेले गरेका थिए । उक्त गोल उनले पहिलो हाफको ३४ र ४०औं मिनेटमा गरे । यता युभेन्टसको लागि पनि दुबै गोल मोइस किनले गरेका थिए । उनले पहिलो हाफमा ३९औं मिनेटमा र दोस्रो हाफको ५२औं मिनेटमा गोल गरि खेल २२ गोलको बराबरी अबस्थामा ल्याएका थिए ।


