शुक्रबार, भाद्र २६ गते २०८३
images

सहिद स्मारक सी डिभिजन छनौट आजबाट

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 400
    SHARES
  • सहिद स्मारक सी डिभिजन छनौट आजबाट

    भदौ १० काठमाडौं  । सहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिता आजबाट राजधानी काठमाडौंमा सुरु हुँदैछ ।

    images

    एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो दिन दुई खेल हुदैछ। उद्घाटन खेलमा च्याम्पियन्स बोइज एफसी र सतासीधाम स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल अपरान्ह १२ः३० बजे सुरु हुनेछ ।

    त्यस्तै दोस्रो खेलमा एफसीएस एस र गोदावरी युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ३ः३० बजे सुरु हुनेछ । छनौट प्रतियोगितामा बिभिन्न जिल्लाबाट ७८ क्लबले प्रतिस्पर्धा गर्ने छन् । सी छनौटबाट तीन टोली सी डिभिजनमा बढुवा हुनेछन् ।

    images