हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले खेलकुद विकासको लागि भन्दै आर्थिक वर्ष २०७७/७८ मा बकैया ३ हात्तीसुँडेको लागि भन्दै मिनि रंगशाला बनाउन बजेट छुट्टायो ।
खोला नजिकको बगरलाई खेल मैदान बनाउन ४५ लाख भन्दा बढी खर्च समेत गर्यो । तर एक वर्ष अघि उक्त मैदानको केहि भाग बाढीले समेत बगाईसकेको छ । भने बाँकी चौर अहिले बाख्रा चरन क्षेत्र बनेको छ । स्थानीयका अनुसार गाउँपालिकाले उपभोक्ता समित मार्फत लाखौ खर्च गर्दा अनुगमन नगर्दा मिनि रंगशाला बन्ने काम पुरा हुन सकेको छैन् ।
महालेखा परीक्षकको कार्यालय काठमाण्डौले सार्वजनिक गरेको स्थानीय तहको २०७९ को लेखा परीक्षण अन्तर्गत २०७७/७८ को अन्तिम लेखा परीक्षणमा बकैयाले उक्त हात्तीसुँडे खेल मैदान उपभोक्ता समितिलाई ४५ लाख ६७ हजार ५८७ रुपैयाँ भुक्तानी गरेको छ । महालेखाले उक्त मैदानमा स्काभेटर र व्याकुलोडर प्रयोग भएको त्यसको खर्च २८ लाख १६ हजार ३८१ रुपैयाँ भएको समेत जनाएको छ ।


