शुक्रबार, भाद्र २६ गते २०८३
images

बिबिएल : सन्दिपले होबर्टबाट खेल्ने

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 272
    SHARES
  • बिबिएल  : सन्दिपले होबर्टबाट खेल्ने

    भदौ १० काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले चौथो सिजनको अस्ट्रेलियन बिग ब्यास लिग बिबिएलमा होबर्ट हरिकन्सबाट खेल्ने भएका छन् । आगामी डिसेम्बर ५ बाट सुरू हुन बिग ब्यास लिग २०२१ मा सन्दिपले होबर्ट हरिकन्सबाट खेल्ने भएका हुन् ।

    images

    अघिल्लो सिजन पनि सोही क्लबबाट बिबिएल खेलेका लामिछानेले हरिकन्सका लागि रि–साइन गरेको क्लबले बताएको छ । यस सिजनको बिबिएलका लागि सन्दिप क्लबको पहिलो अन्तर्राष्ट्रिय खेलाडी भएको भन्दै हरिकन्सले क्लब उनलाई स्वागत गर्न आतुर रहेको बताएको छ । अघिल्लो सिजन हरिकन्सबाट प्रतियोगितामा ८ खेल खेलेका लामिछानेले २ सय ३४ रन दिँदै ८ विकेट लिएका थिए ।

    २०२१ को सिजनमा पनि बिबिएल खेल्ने भएसँगै लामिछानेले चौथो पटक प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । २०१८ को सिजन मेलबर्न स्टार्सको प्रतिनिधित्व गर्दै पहिलो पटक बिबिएल खेलेका लामिछानेले २०१९ को सिजन पनि मेलबर्न स्टार्सबाट नै खेलेका थिए । 

    images