एजेन्सी । घरेलु मैदानमा जर्मनीलाई हराउँदै इङ्गल्यान्डले महिला युरो २०२२ को उपाधी जितेको छ।
सोमबार वेम्ब्ले रंगशालामा सम्पन्न रोमाञ्चक फाइनलमा घरेलु टोलीले आठ पटकको युरो विजेता माथि २-१ गोलको जित हात पारेको हो।
खेलमा सुरुवाती अग्रता इङ्गल्यान्डले नै बनाएको थिए। पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको ६२औं मिनेटमा काइरा वाल्सको उत्कृष्ट पासमा एला टोनिले जर्मनीकि गोलरक्षक फ्रोहम्सलाई चिप गर्दै टोलीलाई अघि बढाएकी थिइन् ।
तर उक्त अग्रता धेरै समय भने टिक्न सकेन । ७९औं मिनेटमा टबेआ वासमुथको क्रसलाई गोलको दिशा दिँदै लिना मगुलले खेलमा बराबरी गरिन । उनको गोलले खेललाई अतिरिक्त समयसम्म धकेल्यो ।
अतिरिक्त समयको ११०औं मिनेटमा चोले केलिले इङ्गल्यान्डलाई पुनस् अग्रता दिलाइन। कर्नरमा संयमित भएर केलिले गरेको उक्त गोल नै इङ्गल्यान्डको महिला टोलीलाई आफ्नो पहिलो मुख्य उपाधी जित्न पर्याप्त रह्यो।
जर्मनीले यस्अघि खेलेको आठै युरो फाइनलमा जित निकालेको थियो। आजको हारले फाइनलमा जर्मनीको समीकरण ९ मा ८ जितको बनेको छ।


