समय सँगसँगै बद्लिन खोज्दा खोज्दै बेरंगी मनलाई रंग रोज्दा रोज्दै,
पत्तै भएन दिन अस्ताएको रात उदाएको सपना ब्युँझिएको विपना निदाएको,
नाकामियबीको पहाडले सर्वोच्च सगरमाथालाई नै भेट्न आटी सक्यो,
मन मस्तिष्कलाई थमठमाउँदा थमठमाउँदै अब त आशालाई नै रेट्न आटी सक्यो,
शून्यमा शून्य सरी बिलाए जसरी नै हजारौंको भीडमा नी आफ्नै अस्तित्व मेट्न आटी सक्यो,
आज हुन्छ भोलि हुन्छ भन्दा भन्दै कामियबीको उल्टो सिँढीले सगरमाथा नै टेक्न आटी सक्यो ।
लेखक : कर्म लामा...


