आइतबार, भाद्र २८ गते २०८३
images

पहिलो हाफ नेपाल र बंगलादेशको बराबरी

एक्सप्रेस पाना
श्रावण १७, २०७९ मंगलबार
  • 278
    SHARES
  • पहिलो हाफ नेपाल र बंगलादेशको बराबरी

    साउन १७ काठमाडौं । भरतको भुवनेश्वरमा जारी साफ यु २० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र बंगलादेशबिच जारी पहिलो हाफको सकिएको छ । जसमा दुबै टोलीले गोलको लागी केही राम्रो अवसर र्सिजना गरेता पनि गोल र्गन नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । 

    images

    नेपालले यसअघि खेलेका तीन खेलमा दुईमा जित र एकमा हार बेहोरेको थियो । नेपाल आइतवार भएको खेलमा साविक विजेता भारतसँग ८–० गोलले पराजित भएको थियो । नेपालको फाइनल पुग्न सक्ने झिनो सम्भावना बाँकी छ । नेपाल अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

    बङ्लादेश ३ खेलमा ९ अङ्ककासाथ शीर्ष स्थानमा छ । नेपाल र भारतको समान ३ खेलमा ६ अङ्क भए पनि हेड टु हेडमा भारत अघि छ । माल्दिभ्स र श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएका छन् । नेपालले आजको खेलमा बङ्लादेशलाई हराउन सके र अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित भए नेपाल फाइनल पुग्नेछ ।

    images