शुक्रबार, भाद्र २६ गते २०८३
images

तालिबानले अब गीत संगीतमा प्रतिबन्ध लगाउने

एक्सप्रेस पाना
भाद्र १०, २०७८ बिहीबार
  • 426
    SHARES
  • तालिबानले अब गीत संगीतमा प्रतिबन्ध लगाउने

    भदौ १० काठमाडौं । तालिबानको सत्तामा गीतसंगीतमाथि प्रतिबन्ध लाग्ने भएको  छ ।‘मुस्लिम धर्ममा संगीतमा रोक छ । उनीहरुलाई कर गर्न भन्दा पनि नसुन्नका लागि हामीले विश्वास दिलाउन सक्छौ,’ तालिवान प्रवत्ता जाविहुल्लाह मुजाहिदले न्युयोर्क टाइम्ससँग भने । 

    images

    तर, महिलाको सुरक्षालाई लिएर अहिले भइरहेका टिप्पणी गलत भएको मुजाहिदले बताए । महिलाहरु सधै घरभित्र बस्नु नपर्ने र आफ्नो काममा फर्किन सक्ने प्रवत्ता मुजाहिदले बताए । 

    सन् १९९० को दशकमा तालिवान शासनकालमा संगीत, टेलिभिजन, र सिनेमामाथि कडा प्रतिबन्ध लगाइएको थियो । तर, अमेरिकी सरकारले उनीहरुलाई सत्ताच्युत गरेपछि अफगानिस्तानमा गीत संगीतमा उल्लेख्य प्रगति भएको छ । साभार - न्युज कारखाना

    images