आइतबार, भाद्र २८ गते २०८३
images

यू१७ टोलीको लागि ६० खेलाडी छनोट यस्तो (नामावली)

एक्सप्रेस पाना
श्रावण १९, २०७९ बिहीबार
  • 375
    SHARES
  • यू१७ टोलीको लागि ६० खेलाडी छनोट यस्तो (नामावली)

    साउन १९ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले १७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि देशैभरबाट खुल्ला छनोटमा आएका एक हजार भन्दा बढी खेलाडीबाट प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ ।

    images

    एन्फाले टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ । श्रीलंकामा आगामी सेप्टेम्बर ५ देखि सुरू हुने साफ यु १७ च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत र भुटान रहेका छन् । यस्तै समूह ‘ए’ मा आयोजक श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेश छन् ।

    यी हुन् प्रारम्भिक चरणमा छानिएका खेलाडी
    अभिषेक थोकर, अनिष उप्रेती, आर्यन बस्नेत, अशिम खड्का, आशिष थारु, अशोक स्याङतान, आश्विन घोरासैनी, विजय गुरुङ, बिक्रम तामाङ, विशाल भट्टराई, दिपजन श्रेष्ठ, धन सिंह विक, धिरज विक, दिनेश थापा मगर, दिवस विष्ट, गौरव महर्जन, हरिश भट्ट, जन प्रकाश बम, कमल बहादुर थापा मगर, खेमराज सुनुवार, कुशल देउवा, लक्षु थापा, मदन पौडेल, मानव पोखरेल, मनित गुरुङ, मार्सल शाही, मिकल गर्वुजा, मिरक लिङ्देन, मुकेश घर्ती, नविन परियार, नेल्सन तामाङ, निरज कार्की, निराजन धामी, निर्देश राई, निशान्त तामाङ, ओम अधिकारी, पाल्देन गुरुङ, पर्वत तामाङ, पवन दाहाल, प्रजय गुरुङ, प्रशान्त लक्षम, रविन तामाङ, राजन प्रधान, रिजन श्रेष्ठ, रुविन बोगटी, सचन महतो, सागर रसाइली, समिर तामाङ, सन्देश न्यौपाने, सन्दिप लामा, सन्तोष परियार, श्रीयन्द्र ठकुरी, श्रीयान्स मानन्धर, शुभम थापा, सिजल राई, सुवास गुरुङ, सुदिप रुम्वा, सुजत डंगोल, सुशिल तामाङ र युनिस मगर 

    images

    May be an image of text

    May be an image of text that says