भदौ १० काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी२० फ्रेन्चाईज क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सले चौथो विदेशी खेलाडीको रुपमा श्रीलंका अलराउन्डर सिक्कुगे प्रसन्नालाई टोलीमा अनुबन्ध गरेको छ ।
३६ वर्षिय प्रसन्नाले श्रीलंकाबाट एक टेष्ट, ४० ओडिआई, २० टि२० आई र १ सय ७० टि२० क्रिकेट खेलेका छन् । उनले तल्लोक्रममा राम्रो ब्याटिङ गर्दा लेगस्पिन बलिङ गर्ने गर्दछन् ।
चितवनले यसअघि विदेशी खेलाडीको रुपमा अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजाद, पाकिस्तानका अलराउन्डर दानिस अजिज र मलेसिया चर्चित युवा ब्याट्सम्यान विरनदीप सिंहलाई टोलीमा भित्र्याई सकेको छ ।
सोमपाल कामीको कप्तानीमा रहेको चितवनमा दिलिप नाथ, सन्दीप सुनार, साहब आलम, ललित भण्डारी, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे र खडक बोहरा स्वदेशी खेलाडी रहेका छन् । (ईपीएल) आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ ।


