घाम सँगै उदाएका सपना जब डुब्न
थाल्छ तब विपनामा परिणत हुन्छ ।
अन्धेरीमा रचेका भबिस्य जब उज्यालो प्रकाशले छेक्न थाल्छ
तब मन विचलित हुन्छ ।
एकान्तमा लिएका निर्णय जब भीडहरुले सताउन
थाल्छ तब एक्लोपन महसुस हुन्छ ।
सान्तवनाले बरालिएका प्राण जब अतालिन थाल्छ तब प्रश्नहरू उब्जाउन थाल्छ ।
लेखक : कर्म लामा


