भदौ १० काठमाडौं । आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको लागि पोखरामा बन्द प्रशिक्षण गरि रहेको राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण अब कतारमा गर्ने तयारी गरिएको छ ।
उक्त प्रशिक्षण भारतविरुद्धको मैत्रीपूर्ण खेलपछि हुने भएको छ । नेपालले भदौ १७ र भदौ २० मा भारतविरुद्ध घरेलु मैदानमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्नेछ ।
त्यसपछि राष्ट्रिय टोली बन्द प्रशिक्षणका लागि कतार पुग्ने अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले जनाएको छ । एन्फाका अनुसार नेपाली टोली आगामी सेप्टेम्बर १० मा कतारको राजधानी दोहाका लागि प्रस्थान गर्नेछ ।
बन्द प्रशिक्षणमा रहेका २५ खेलाडी कतार प्रस्थान गर्नेछ । कतारबाटै राष्ट्रिय फुटबल टोली सेप्टेम्बर २७ मा माल्दिभ्सको लागि प्रस्थान गर्नेछ । माल्दिभ्समा अक्टोबर एक देखि हुन लागेको दक्षिण एसियाली फुटबल ९साफ० च्याम्पियनसिपको तयारीस्वरूप बन्द प्रशिक्षण कतारमा गर्न लागेको एन्फाले जनाएको छ ।
साफ अक्टोबर १ देखि १३ ९असोज १५ देखि २७० सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, भारत, नेपाल र माल्दिभ्स गरी पाँच टोली सहभागी हुनेछन् । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ ९असोज १५० मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।
बन्द प्रशिक्षण रहेका खेलाडीहरु -
किरण कुमार लिम्बु कप्तान , विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापा मगर,नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी,विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा ।


