भदौ ११ एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब चेल्सीका इटालियन मिडफिल्डर जोर्जिन्हो लुइज फ्रेलो फिल्हो युइएफए प्लेयर अफ द इयर २०२१ घोषित भएका छन् ।
इटालीबाट युरो कप २०२० जितेका उनले चेल्सीलाई च्याम्पियन्स लिग २०२० को उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । युरो कप २०२० मा प्रतियोगिताकै उत्कृष्ट मिडफिल्डर घोषित भएका जोर्जिन्होले युइएफए प्लेयर अफ द इयर जित्न म्यानचेस्टर सिटीका केभिन डि ब्रोइना म्यानचेस्टर र आफ्नै क्लबका एन्गोले कोन्टेलाई पछि पारेका हुन् ।
अघिल्लो सिजन बार्यन म्युनिखका खेलाडी रोबर्ट लेवान्डोस्कीले युइएफएए प्लेयर अफ द इयरको उपाधि हात पारेका थिए । युइएफए प्लेयर अफ द इयर (पुरुष) छनोट गर्न युरो कप २०२० मा सहभागी २४ राष्ट्रका मुख्य प्रशिक्षक, २०२०/२१ सिजनको च्याम्पियन्स लिगका ३२ र युरोपा लिगका ४८ क्लबका मुख्य प्रशिक्षक र युरोपियन स्पोर्टस् मिडिया (इएसएल)को छनोटमा परेका ५५ खेलकूद पत्रकार ९युइएफका ५५ सदस्य राष्ट्रबाट प्रत्येक राष्ट्रका एक खेलकूद पत्रकार० ले मतदान गरेका थिए ।
युइएफए प्लेयर अफ द इयरको शीर्ष तीन खेलाडीमा पर्न नसकेका लियोनल मेस्सी चौथो र क्रिष्टियानो रोनाल्डो नवौं स्थानमा रहेका छन् । यसैगरी पाचौं स्थानमा रोबर्ट लेवानडोस्की, छैटौं स्थानमा जियानलुइगी डोनारुमा, सातौं स्थानमा किलियन एमबाप्पे रहेका छन् ।


