भदौ ११ एजेन्सी । युइएफए युरो कप फुटबल प्रतियोगिता २०२० को समूह चरणको आफ्नो पहिलो खेलमा फिनल्यान्डविरुद्ध मैदानमा खेलिरहेका अवस्थामा अचेत हुँदै ढलेका डेनमार्कका खेलाडी क्रिश्चियन इरिक्सनको ज्यान बचाउने मेडिकल टिम र डेनमार्कका कप्तान साइमन केइजरलाई युइएफए प्रेसिडेन्ट अवार्ड २०२१ बाट सम्मान गरिएको छ ।
टर्कीमा शुक्रबार सम्पन्न युइएफएको कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड समारोहमा मेडिकल टोलीका सबै सदस्य उपस्थित भए पनि केइजर अनलाइनमार्फत जोडिएका थिए ।
मैदानमा ढलेका इरिक्सनको सहयोगका लागि डेनमार्कका लागि कप्तान केइजरले मेडिकल टोलीलाई तत्काल मैदान बोलाएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।



