आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल र घरेलु टोली केन्याबीच हुने सिरिजको खेल तालिका सार्वजनिक

एक्सप्रेस पाना
श्रावण २४, २०७९ मंगलबार
  • 318
    SHARES
  • नेपाल र घरेलु टोली केन्याबीच हुने सिरिजको खेल तालिका सार्वजनिक

    साउन २४ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले केन्यासँग खेल्ने पाँच टि२० आईको खेल र तीन एकदिवसिय अभ्यास सिरिजको खेल तालिका सार्वजनिक गरेको छ । क्यानले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो टि२० आई खेल्नेछ । उक्त खेल भदौ ९ मा (अगष्ट २५) मा केन्या खेल्नेछ ।

    images

    नेपाल केन्यामा भदौ ७ मा (अगष्ट २३) मा जाने कार्यक्रम छ । नेपालले दोस्रो खेल २६ अगष्टमा खेल्नेछ । त्यसपछि एकदिन विश्राम हुँदा २८, २९ र ३० अगष्टमा तेस्रो, चौथो र पाँचौं टि२० आई खेल खेल्नेछ । पहिलो एकदिवसिय अभ्यास खेल २ सेप्टेम्बरमा हुनेछ । नेपालले आजनै टोली घोषणा समेत गरेको छ ।

    खेल तालिका:May be an image of text that says

    images

    कप्तान सन्दीप लामिछानेले टि२० आईमा कप्तानी गर्नेछन् । बाँकी तीन एकदिवसिय अभ्यास खेलमा कप्तानी रोहित पौडेलले गर्ने बताईएको छ । सन्दीप टि२० आई सिरिजपछि क्वारेवियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्टइन्डिज जानेछन् । सिपिएल ३१ अगष्ट देखि सुरु हुनेछ । सन्दीपले जमैका तलवाजबाट सिपिएल खेल्नेछन् ।

    सिरिज टि२० वरियतामा ठूलो प्रभाव पार्नेछ । सन् २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा सहभागी पक्का भए बाहेकबाट वरियताको शीर्ष दुई टोलीले सोझै विश्वकप खेल्न पाउने अवसर छ ।

    नेपाली टोली :

    May be an image of text that says