साउन २५ कुस्मा । पछिल्लो समय पर्यटकहरु मनोरञ्जनको लागि आफुलाई उपयुक्त हुने ठाउँमा जाने गरेका हुन्छन् । कामको थकानबाट मुक्त हुन विभिन्न मनोरञ्जन लिनको लागि वस्तु तथा सेवाको उपयोग गरि रहेका हुन्छन् ।
सुपरम्यान जिप्लाइन
यस्तै यता पर्यटको रोजाइमा पर्न सफल कुस्मा पर्वतको जिप्लाइनबाट निकै सुन्दर दृश्य हेर्नको लागि लोक प्रिय रहेको छ । जसमा तीन प्रकारको जिप्लाइन छन् । उक्त जिपलाइनमा घुम्न जानेको सङ्ख्या पछिल्लो समय दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

एक जना बसेर जाने क्लासिक जिप्लाइन भनिन्छ । यसतै २ जना बसेर जानेलाई ट्यान्डम जिप्लाइन र सुतेर सुपरम्यान जसरी जाने जिपलाइन जसलाई सुपरम्यान जिप्लाइन भनिन्छ । यसको लम्बाइ १६०० मिटर छ भने उचाइ ३०० फिट छ । सुपरम्यान जिप्लाइन जादाको १२० कि.मि.को गतीमा जान्छ ।
जिप्लाइन मार्ग
जुन नेपालको सबै भन्दा पहिलो स्काइ ब्रिज हो, यसको लम्बाइ ३५ फिट उचाइ र ३०० मिटर छ । यस्तै उक्त जिप्लाइनबाट धौलागरी हिमालको सुन्दर दृश्य र गण्डकी खोलाको मनोरम छाल देख्न पाईन्छ । यस्तै साझको समयमा सुर्य अस्ताएको सुन्दर दृश्य देखिन्छ ।
ग्लास स्काई ब्रिज


