एजेन्सी । स्पेनिस महारथी रियल मड्रिड फुटबल क्लब र जर्मन बुन्डेस लिगा क्लब फुटबल इन्ट्राक्ट फ्रान्कफर्टबीच आज राति युईएफए सुपर कपको फाइनल खेल हुँदैछ ।
नेपाली समयअनुसार आज राति १२:४५ बजेबाट सुरु हुने उक्त खेल हेल्सिनिगिन ओलम्पिया स्टेडियो हेल्सिकी मैदान फिनल्याण्डण्मा हुनेछ । बलियो टोली रहेको रियल सिजनको पहिलो उपाधिको खोजीमा हुनेछ । गत सिजन ला लिगा, च्याम्पियन्स लिग जितेको रियल अर्को उपाधिको खोजिमा रहेको हो । यस्तै यता गत सिजन घरेलु लिगमा पनि राम्रो प्रदर्शन गरेको फ्रान्कफर्ट पनि पहिलो उपाधिको खोजिमा रहेको छ ।


