आइतबार, भाद्र २८ गते २०८३
images

एन्फा कार्यसमितिको बैठक भोलि बस्दै

एक्सप्रेस पाना
श्रावण २५, २०७९ बुधबार
  • 243
    SHARES
  • एन्फा कार्यसमितिको बैठक भोलि बस्दै

    साउन २५ काठमाडौं । दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक भोलि (बिहीबार) बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ । 

    images

    यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । गत साउन २ मा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो । भने साउन ५ मा बसेको बैठक पनि स्थगित भएको थियो । पछिल्लो समय पदाधिकारी भागबन्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ ।

    असार ६ मा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका नेम्बाङले पहिलो बैठक सम्पन्न गरेपनि दोस्रो बैठक बसाल्न सकेका छैनन् । भोलि हुने बैठकमा २२ एजेन्डा रहेका छन् । भोलिको बैठकले मानर्थ अध्यक्ष, उपमहासचिव र प्रवक्ता मनोनयन चासोको विषय रहेको छ।  बंगलादेशसँको मैत्रीपूर्ण फुटबल, महिला साफ, प्रशिक्षक प्रकरण र एनएसएलको विषयमा पनि निर्णय हुने सम्भावना छ।

    images

    फाइल तस्विर