साउन २५ काठमाडौं । नेपाली राष्ट्रिय महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बा सम्लित गोकुलम केरेला एफसीले भारतको केरेला महिला लिगमा फराकिलो जित दर्ता गरेको छ ।
बुधबार गोकुलमले करेला युनाइटेड एफसीलाई ११-० ले हराउँदा सावित्रा एक्लैले ५ गोल गरेकी थिइन् भने उनले दुई गोलमा असिस्ट पनि गरिन् ।
पहिलो हाफको २७ मिनेटमा ह्याट्रिक पूरा गरेकी सावित्राले पहिलो हाफभरि ४ गोल गरिन् । सावित्राले टोलीको लागि पहिलो, तेस्रो र चौथो, पाँचौं र आठौं गोल गरेकी थिइन् । सन्धियाले २ गोल, कप्तान कश्मिना, रेश्मा, एड्जिल र हर्मिलानले समान १ गोल गरे । सावित्रा प्लेयर अफ दी म्याच चुनिएकी थिइन् ।

तेस्रो मिनेटमा गोलको खाता खोलेकी सावित्राले छैटौं मिनेट व्यक्तिगत दोस्रो र २७औं मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् । उनले व्यक्तिगत चौथो गोल ३५औं मिनेटमा गरेकी थिइन् । ५ औं मिनेटमा उनले अर्को गोल गरेकी थिइन् ।


