भदौ ११ एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको युरोपेली छनौट अन्तर्गत समूह ए मा रहेको पोर्चुगलले रोनाल्डोको कप्तानीमा मुख्य प्रशिक्षक फर्नान्डो सान्तोसले विहिबार २५ सदस्य टोली घोषणा गरेको छ । टोलीमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो , पेपे , बर्नाडो सिल्भा, रुबेन डियाज, आन्द्रेज सिल्भा, डिएगो जोटा, जोआओ क्यान्सलोसहित अधिकाङस खेलाडीहरु युरोपियन च्याम्पियनशिपमा सहभागि भएका खेलाडीहरुलाई टोलीान समेटिएकोे छ ।
युरो २०२० खेलेका जाओ फेलिक्स घाइते भएका छन् भने सान्तोसले नेल्सन सेमेडो, विलियम कार्भाल्हो र रेनाटो सान्चेजलाई टोलीमा समावेश गरेका छैनन् । युरो २०२० बाट बाहिर रहेका रिकार्डो परेरा र जोआओ मारियो टोलीमा फर्किएका छन् ।
पोर्चुगलले आगमी सेप्टेम्बरमा आयरल्याण्ड र अजरबैजानसँग खेल्नेछ साथै उस्ले विश्वकप आयोजक कतारसँग पनि खेल्ने छ । समूह ए मा रहेको पोर्चुगल ३ खेलबाट ७ अंक बनाउँदौ शिर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा सर्बिया रहेको छ ।
पोर्चुगल टोली
गोलकीपरः एन्थोनी लोपेज, रुई पेट्रीसियो र डिएगो कोस्टा ।
डिफेन्डरः जोआओ क्यान्सलो, रिकार्डो परेरा, डोमिंगोस डुआर्टे, गोन्कालो इनसियो, पेपे, रुबेन डियाज, नुनो मेन्डेज र राफेल गुएरेरो ।
मिडफिल्डरः डेनिलो परेरा, जोआओ पालिन्हा, रेबेन नेभेस, ब्रुनो फर्नांडीस, जोआओ माउटिन्हो, जोआओ मारियो र ओटावियो ।
फवार्ड : आन्द्रेज सिल्भा , रोनाल्डो, डिएगो जोटा, गोन्कालो गुडेस,पेडो गोन्कालिभ्स र राफा सिल्भा ।


