काठमाडौं । लुइस डियाजको दुई गोलप्रेरित कोलम्बियाले पेरूलाई ३-२ को नतिजामा पराजित गर्दै कोपा अमेरिका २०२१ मा तेस्रो स्थान हासिल गरेको छ । शनिबार बिहान ब्रासिलियामा भएको खेलमा कोलम्बियालाई जित दिलाउन जुवान क्वाड्राडोले थप एक गोल गरे ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पेरुले १-० को अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा योशिमर योटुनले गरेको गोलसँगै पेरूले अग्रता लियो ।
दोस्रो हाफको सुरुआतदेखि नै आक्रामक बनेको कोलम्बियाका लागि ४९औं मिनेटमा क्वाड्राडोले बराबरी गोल फर्काएका थिए ।
डियाजले ६६औं मिनेटमा गरेको गोलसँगै खेलमा पहिलो पटक कोलम्बियाले अग्रता लिएको थियो । २४ मिनेटको खेल बाँकी रहँदा २-१ गोलले पछि परेको पेरूका लागि ८२औं मिनेटमा जियानलुका लापाडुलालले बराबरी गोल फर्काएका थिए ।
.jpg)


