सोमबार, कार्तिक १७ गते २०८३
images
images

धादिङ–गोरखा सडक खुल्न अझै ढिलाइ, दशैँअघि यातायात सञ्चालन अनिश्चित

एक्सप्रेस पाना
आश्विन २९, २०८३ बिहीबार
  • 92
    SHARES
  • धादिङ–गोरखा सडक खुल्न अझै ढिलाइ, दशैँअघि यातायात सञ्चालन अनिश्चित

    धादिङ । बाढीका कारण धादिङ र गोरखाबीचको मुख्य सडक सम्पर्क अवरुद्ध भएको चार दिन बितिसकेको छ । चार दिनभित्रै बेलिब्रिज जडान गरी गाडी सञ्चालन गर्ने भनिए पनि काम सुरु हुन सकेको छैन ।

    images

    हाल सडकको ‘बेस सर्फेस’ मिलाउने र बेलिब्रिजका लागि पेटी बनाउने काम भइरहेको छ । प्राविधिकहरूका अनुसार पेटी तयार भएपछि मात्रै बेलिब्रिज जडान सुरु हुनेछ । बेलिब्रिजका आवश्यक सामग्री कार्यस्थलमा आइपुगिसकेका छन् । तर, अहिलेकै गतिमा काम भए दशैँको टीकाअघि गाडी चल्ने सम्भावना न्यून छ ।

    आरुघाट र त्रिपुरासुन्दरी गाउँपालिका जोड्ने पक्की पुलको गोरखातर्फको भाग तथा आरुघाट–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बाढीले बगाएपछि यो मार्ग अवरुद्ध भएको हो ।

    images

  • सम्बन्धित विषय:

  • # धादिङ–गोरखा