भदौ ११ काठमाडौं । आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीमा रहेको दुई छिमेकी देश नेपाल र भारतले भदौ १७ गते र २० गते हुने मैत्रिपूर्ण खेलको लागि आज भारतले आफ्नो बलियो टोली घोषणा गरेको छ । टोलीमा कप्तान सुनिल क्षेत्रीलाई समेटदै २५ सदस्य टोली घोषणा गरेको छ
करिब ६ बर्षपछि दुई देशबीच दशरथ रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१५ मा विश्व कप छनोटका क्रममा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदा खेल गोलरहित बराबरीमा टुंगिएको थियो । भारतमा भएको छनोटको पहिलो लेगमा भने नेपाल २–० ले पराजित भएको थियोे । असोज १५ गते देखि साफ च्याम्पियनसिप माल्दिभ्समा सुरु हुनेछ । जहाँ भारतले पनि प्रतिस्पर्धा गर्नेछ । नेपालले माल्दिभ्ससँग खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्नेछ ।
२५ सदस्यीय भारतीय टोली
गोलकिपर – अमरिन्दर सिंह, धिरज सिंह मोइराङथेम, गुरप्रित सिंह सन्धु
रक्षक – प्रितम कोटल, चिङलेसाना सिंह कुशुम, मन्दर राव देसाई, आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, सिरिटो फर्नान्डेज
मिडफिल्ड– लालेङमावई, विपिन सिंह, अनिरुध थापा, साहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, जेक्सन सिंह, प्रणय हाल्दर
फरवार्ड – मनवीर सिंह, रहिम अली, सुनिल क्षेत्री र फारुख चौधरी


