शुक्रबार, भाद्र २६ गते २०८३
images

क्रिकेट टोलीका प्रशिक्षक ह्वाटमोरले दिए राजिनामा

एक्सप्रेस पाना
भाद्र ११, २०७८ शुक्रबार
  • 344
    SHARES
  • क्रिकेट टोलीका प्रशिक्षक ह्वाटमोरले दिए राजिनामा

    भदौ ११ काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेव वाटमोरले राजीनामा दिएका छन् । 

    images

    आईसीसी विश्वकप लिग २ का लागि ओमान भ्रमणमा रहेका ह्वाटमोरले राजीनामा दिएका हुन् । ओमान पुगेको नेपाली टोली यतिबेला अभ्यासमा व्यस्त छ । मुख्य प्रशिक्षकको अप्रत्याशित राजीनामाको विषयमा नेपाल क्रिकेट सङ्घ(क्यान)र प्रशिक्षक वाटमोरबाट आधिकारिक धारणा हालसम्म सार्वजनिक भएको छैन । 

    श्रीलङ्कन मूलका वाटमोर गत डिसेम्बर १८ मा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षकका रूपमा नियुक्त भएका हुन् ।

    images

    उनले राजिनामा दिएको यतिबेला ट्विट भने यतिबेला भाइरल भएको छ ।

    भारतीय डिजिटल न्युज साइट न्यूज ९ ले सार्वजनिक गरेको उक्त ट्विटमा वाटमोरको व्यवस्थापनको जिम्मेवारी पाएको फर्स्ट स्पोर्टस इभेन्टको भनाइ उद्धृत छ ।