आइतबार, भाद्र २८ गते २०८३
images

एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडी र राखेप सदस्य सचिव घिसिङबीच भेटवार्ता

एक्सप्रेस पाना
भाद्र १, २०७९ बुधबार
  • 295
    SHARES
  • एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडी र राखेप सदस्य सचिव घिसिङबीच भेटवार्ता

    भदौ १ काठमाडौं । मालदिभ्समा सम्पन्न ५४ एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीहरु र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ संग भेटबार्ता गरेका छन् । भेटबार्ता गर्ने खेलाडीहरुमा उमेश राई, राजु राई र सुजिता मानन्धर रहेका छन् । 

    images

    जसमा उमेश राईले ८० केजी तौल समूहमा रजत र फिटनेश फिजिकको १७० से।मि।मा राजु राईले कास्य पदक प्राप्त गरेका थिए । यस्तै महिला एथलेटिक फिजिकमा प्रतिस्पर्धा गरेकी सुजिता मानन्धरले छैटौ स्थान प्राप्त गरेकी थिईन् ।

    May be an image of 5 people and people standing

    images

    त्यसै अवसरमा मालदिभ्समा आयोजना भएको ५४ औ एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपका विविध पक्षलाई समेटर तयार पारिएको प्रतिवेदन नेपाल शारिरीक सुगठन तथा फिजिकल फिटनेशका अध्यक्ष राशेजबाबु श्रेष्ठले सदस्य सचिवलाई बुझाएका हुन् ।

    सो कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष विजयलाल कायस्थ, उपाध्यक्ष दिनेश राजभण्डारी र महासचिव राजन श्रेष्ठको उपस्थिती रहेको थियो । ५५ औं संस्करण नेपमाल आयोजना हुने कार्यक्रम रहेको छ ।