भदौ १२ एजेन्सी । इटालियन सिरी ए फुटबल प्रतियोगितामा साविको विजेता इन्टर मिलानले दोस्रो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा घरेलु टोली भिरोनामाथि ३-१ गोलको पुनरागमन जित निकालेको हो । पाहुना टोली मिलानको जितमा कोरियाले २ लौटारो मार्टिनेजले एक गोल गरे ।
खेलमा अग्रता घरेलु टोली भिरोनाले १५ औं मिनेटमा इभान इलिकको गोलबाट लिएको थियो । दोस्रो हाफको सुरुवातमै लौटारो मार्टिनेजले इन्टरका लागि बराबरी गोल फर्काएका थिए ।
मार्टिनेजको स्थानमा ७४ औं मिनेटमा मैदान छिरेका कोरियाले ८३ औं मिनेट र इन्जुरी समयमा गोल गर्दै मिलानको जित पक्का गरे।
उक्त जितसँगै मिलानले २ खेलबाट ६ अंक बनाएको छ । यसअघि उसले पहिलो खेलमा आजिरोनालाई ४–० गोल अन्तरले पराजित गरेको थियो । यता पराजित भिरोना अंक विहिन हूँदै तालिकाको रेलिगेशन जोनमा छ ।


