सोमबार, भाद्र २९ गते २०८३
images

तेक्वान्दोको सेमिनार तथा कोर्स सम्पन्न

एक्सप्रेस पाना
भाद्र ५, २०७९ आइतबार
  • 592
    SHARES
  • तेक्वान्दोको सेमिनार तथा कोर्स सम्पन्न

    भदौ ५ काठमाडौं । राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ ।

    images

    लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस केन्द्रमा तीन दिनसम्म संचालन भएको सेमिनार तथा कोर्षमा सहभागि प्रशिक्षकलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र बोर्ड सदस्य अन्जन धमलाले प्रमाण पत्र प्रदान गरे । सेमिनार तथा कोर्षमा उपत्यका तथा विभिन्न जिल्लाका गरि करिव १ सय ३५ जनाको सहभागिता रहेको थियो । 

    May be an image of 5 people, people standing and text that says

    images

    एकै प्रकृतीका खेल रहेर पनि विगतमा किन दुई संघ हुनु परेको हो त्यसको जवाफ संघमा रहेका नेतृत्वले दिनु पर्ने भन्दै विभिन्न कारणले बनेका दुई संघलाई एक हुन सुझाव दिंदै आफ्नो कार्यकालमा अनावश्यक संघहरुको अस्तित्व नरहने सदस्य सचिव टंकलाल घिसिङले बताए ।

    राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्सको समापन तथा सहभागीलाई प्रमाण पत्र प्रदान गर्ने कार्यक्रममा सदस्य सचिव घिसिङले उक्त कुरा बताएका हुन् । 

    कार्यक्रममा अतिथीको रुपमा सहभागी रहेका परिषद्का सदस्य एवं नेपाल आईटिएफका अध्यक्ष अञ्जन धमलाले विश्वमानै तेक्वान्दो संघ एकिकरणको अभियानमा रहेको भन्दै नेपालमा अस्तित्वमा रहेका तेक्वान्दो संघलाई पनि एकिकृत गर्नु पर्ने र त्यसका लागि परिषद् अगाडी बढिसकेको र सदस्य सचिवले यस कार्यलाई पूर्णता प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताए ।

    May be an image of 3 people and people standing

  • सम्बन्धित विषय:

  • # तेक्वान्दो