शुक्रबार, भाद्र २६ गते २०८३
images

रोहित भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलमा सहभागी नहुने 

एक्सप्रेस पाना
भाद्र १२, २०७८ शनिबार
  • 395
    SHARES
  • रोहित भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलमा सहभागी नहुने 

    भदौ १२ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण सदस्य रोहित चन्दले भारतविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।

    images

    इन्डोनेसियाको रहेका रोहित मैत्रीपूर्ण खेलका लागि नेपाल नआउने भएका हुन् । रोहित पर्सिजा जकार्ताबाट इन्डोनेसियाको शीर्ष डिभिजनको लिग खेलिरहेका छन् ।

    राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेर रोहित ९ दिन अघि इन्डोनेसिया प्रस्थान गरेका थिए । उनले शुक्रबारमात्र ८ दिनको क्वारेन्टाइनको समय पूरा गरेका छन् । इन्डोनेसियाको लिग शुक्रबारबाट सुरु भएको छ ।

    images

    नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ।  मैत्रीपूर्ण खेल भदौ १७ र २० ९सेप्टेम्बर २ र ५० मा हुनेछ। 

    कोभिडको पछिल्लो अवस्थाले विदेशी लिग खेल्ने खेलाडीलाई धेरै समस्या रहेको कारण उनी सहभागी नहुने भएका हुन् । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

    साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ ९असोज १५ देखि ३०० गतेसम्म आयोजना हुनेछ।