सोमबार, कार्तिक १७ गते २०८३
images
images

सनसिल्कद्वारा दशैं अफरका विभिन्र प्याकहरु सार्वजनिक

एक्सप्रेस पाना
भाद्र ७, २०७९ मंगलबार
  • 296
    SHARES
  • सनसिल्कद्वारा दशैं अफरका विभिन्र प्याकहरु सार्वजनिक

    भदौ ७ काठमाडौं । सनसिल्क संसारको सबैभन्दा ठूलो हेयरकेयर ब्राण्ड मध्येको एक हो र वर्षौंदेखि यो उपभोक्ताहरुको प्रिय बन्दै आइरहेको छ । निस्सन्देह, यो नेपालको नं.१ ब्यूटि ब्राण्ड पनि हो । युवतीहरुमा लुकेको सम्भावनाहरु उजागर गर्न र हर प्रकारका सम्भावनाहरुका लागि उनीहरुको केशलाई तयार बनाउन सनसिल्कले दशकौंदेखि नेपालमा गुणस्तरीय कपाल स्याहारका उत्पादनहरु उपलब्ध गराउँदै आएको छ ।

    images

    299930319_3311429529115609_3599443233803671992_n.jpg

    नेपालको महान चाडमा आफ्ना ग्राहकहरुको जीवनको एक हिस्सा बन्न, गत वर्ष सनसिल्क नेपालले बडा दशैं २०७८ को अवसर पारेर एक डिजिटल प्रतियोगीता सनसिल्क दशैं भाइब्स अभियान शुरु गरेको थियो, जुन अभियान भव्य रुपमा सफल पनि भएको थियो । अभियानले नेपाली युवतीहरुलाई आफ्नो कपालको प्रदर्शन गरी आफ्नो क्षितिजलाई फैलाउने अवसर प्रदान गर्दै सनसिल्क ग्याङ्ग अफ गल्र्सको एक हिस्सा बनेर ब्राण्डसंग आबद्ध हुने मौका दिएको थियो ।

    images

    आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले अन्तिम चरणको फिनालेमा जित हासिल पार्दै सनसिल्कका ब्राण्ड एंबेसडर द्वय प्रिन्सी र प्रिज्माका साथमा ब्राण्डको प्रतिनिधित्व गर्न जोडिएका थिए । प्रतियोगीताको विजेताहरुको रुपमा उनीहरुले यस वर्षको “सीमित विशेष दशैं प्याक (Dashain Special Limited Edition Packs)” मा प्रस्तुत हुने अवसर प्राप्त गरेका छन्, जुन प्याक नेपालमा पहिलो पटक प्रस्तुत गरिंदैछ । यो नयाँ प्याकमा ३ भिन्न प्रकार रहेका छन्ः हेयरफल सोलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्ट्रेट । नेपालको लाखौं घरहरुमा यो नयाँ प्याकले स्थान पाउने अपेक्षा गरिएको छ । यसरी प्रस्तुत गरिएको ३ नयाँ प्याकहरु मध्ये पर्फेक्ट स्ट्रेट नेपालमा पहिलो पटक पेश गरिएको हो ।

    300851949_592865285830240_2213192293727785858_n.jpg

    युनिलिभरका प्रबन्ध निर्देशक श्री आमलन मुखर्जीले भन्नु भयो “लाखौं उपभोक्ताहरुद्वारा रुचाइएको र देशभर बिक्र हुने, सनसिल्क निस्सन्देह नेपालको सर्वाधिक ठूलो सौन्दर्य ब्राण्ड हो । गत वर्ष दशैंको दौरानमा आयोजित दशैं भाइब्स प्रतियोगीताको विजेताहरु सनसिल्क ग्याङ्ग अफ गल्र्सलाई प्रस्तुत गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौं, र प्रतियोगीता आफैमा एक अभूतपूर्व सफल अभियान थियो । सनसिल्क विश्वास गर्दछ कि जब युवतीहरुले सम्भावनाहरुलाई व्यापक बनाउन पाउँछन् तब उनीहरु उत्साहित हुने गर्दछन् र हामीले उनीहरुलाई उनीहरुको सुन्दर कपालको प्रदर्शन गर्ने अवसर प्रदान गरेर सनसिल्क ब्राण्डको प्याकमा आफूलाई प्रस्तुत गर्ने सुनौलो मौका प्रदान गरेका छौं ।

    हामी विश्वास गर्दछौं, सौन्दर्य सरल छ र धेरै तरिकाहरुबाट यसलाई कैद गर्न सकिन्छ । हामी हाम्रा उपभोक्ताहरुले मनाउने स्थानीय चाडपर्वहरु र संस्कृतिहरुसंगै हाम्रा ब्राण्डहरुलाई आबद्ध गराउन चाहन्छौं । सनसिल्क ग्याङ्ग अफ गल्र्सको सक्रियता र सनसिल्क दशैं भाइब्स त्यस्तै प्रयासहको अँग हुन् ।“

    300103438_746268959968506_4904459117230007270_n.jpg

    महान चाड दशैं नजिकिंदै गएको सन्दर्भमा सनसिल्क नेपालले आफ्नो अत्यधिक सफल अभियान सनसिल्क दशैं भाइब्स दोस्रो वर्षको लागि पनि शुरु गर्ने तयारी गरिरहेको छ, जसले लाखौं नेपाली युवतीहरुलाई आफ्नो सुन्दर कपाललाई प्याकमा प्रदर्शन गर्न पाउने अवसर फेरी पनि प्रदान गर्नेछ । 

    सनसिल्क दशैं भाइब्सले आफ्नो अनगिन्ती कोसेढुङ्गाहरु मध्ये फेसबुक, इन्स्टाग्राम र टिकटक भरमा ६ करोडभन्दा बढी भ्यूज प्राप्त गरेको थियो भनें २८५४ जनाले सहभागीता जनाएका थिए र यस वर्ष सनसिल्क दशैं भाइब्स २ ले त्यो संख्यालाई उछिन्दै एक नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # Ncell