शुक्रबार, भाद्र २६ गते २०८३
images

'घरैबाट सुरु गरौँ महिला हिंसा अन्त्य गरौं'

एक्सप्रेस पाना
भाद्र ७, २०७९ मंगलबार
  • 375
    SHARES
  • 'घरैबाट सुरु गरौँ महिला हिंसा अन्त्य गरौं'

    भदौ ७ काठमाडौं । नेपालमा महिला हिंसा दिनानुदिन बढदै गैरहेको छ । महिला हिंसासँग सम्बन्धि धेरै निकायहरु यस जटिल्तासग जुद्दै छन् । समाजमा महिला हिंसा घटे पश्चात आन्तरिक रुपमा गुपचुप ढाक्छोप गर्न परम्परा हाबी छ । महिला भन्दा पनि बर्तमान नेपालमा नाबालक बच्चा देखि वृद्ध उमेर समुहका सम्पुर्ण महिला तथा किशोरीहरु हिंसामा परेको पाइन्छ ।

    images

    कानुनमा महिलालाई किटानन्का साथ हक अधिकार तोकि दिएपनी त्यो कार्यन्वायन भने हुन सकेको छैन । निर्जिब त्यो पानामा मृत त्यो शब्द अब भने जगाउने समय आयको छ । समाजमा घटिरहेका घटनालाई साम्य पार्नको निमित अबको अन्तिम उपचार कानुनमा निहित छ । नेपालमा सत्ता र पावरको दुरुपयोग गरि दबाबमा पिडित पक्षलाई उल्टै धम्की दिइन्छ । सम्बन्धि न्यायिक पक्षले पनि केही गर्न सकदैन् ।

    पछिल्ला समय महिला हिंसा अत्याधिक वृद्धि भैरहेको छ । पटक पटक सामाजिक संञ्जालमा आइरहने महिला हिंसा र बलात्कारका घटनाले महिला कति असुरक्षित छन्, भन्ने प्रष्ट पार्दछ, यस विषयमा सरकार मौन छ । संविधानमा कबुल गरिएका लाचार शब्दहरु मौन बसिदिदा कयौं नेपाली दिदी बहिनीहरु आज समाजमा आफ्नो अस्तित्व बिहिन छन् । समाजमा पुरुषवादले आतंक मच्चाही रहँदा महिलाहरु स्वसित छन् ।

    images

    विशेषगरी महिलाको विरुद्ध अधिकार श्रेष्ठता, महिला दुर्बलताको दृष्टिको भावनाबाट उत्पन्न हुन्छ । महिला हिंसा निर्मुलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्रमा भनिएको छ । पुरुष र महिला बीचको एतिहासिक रुपमा असमान शक्ति सम्बन्धको अभिव्यक्ति हो । एक महत्त्वपुर्ण सामाजिक बिकृती हो, जहाँ महिलालाई असहज परिस्थितिमा बाच्न बाध्य पारिन्छ । 
     
    हिंसा परिचित र नजिककाबाट नै हिंसा भइरहेका छन् । सार्वजनिक, निजि क्षेत्र र जीवनको कुनै पनि समयमा हुन सक्छ । महिला विरुद्ध हुने हिंसाले प्राय महिलालाई व्यक्तित्व विकास र प्रगतिमा मात्रै रोक्दैन, परिवार र सिंगो समुदायको समाजिक, आर्थिक राजनैतिक विकासमा पुर्ण योगदान पुर्याउन बाट रोक्दछ । 

    यहाँ समाजको गन्तव्य भने सदैब हिंसा अन्त्यको दिशामा हुनु आवश्यक छ । यसका लागि आजको समयमा महिला हिंसा नियन्त्रण गर्ने कार्यमा लाग्नुपर्छ । आम पुरुष वर्गले पुरुष भएर होइन बाबु, दाजु वा जीवन साथी भएर यी प्रश्नको उत्तर खोज्नुपर्ने भएको छ । असहजतामा पारिरहेको महिला पनि कसैको छोरी, कसैको बुहारी, कसैकी दिदीबहिनी अनि कसैकी श्रीमती हुन् । 

    केही बर्ष यता नेपाली समाजमा घटेका रहस्यमय घटनाहरु त्यसको जोल्नत उदाहरण हुन्न । उचित कसुरको अभाबले आजको नेपालमा एक पछि अर्को महिला हिंसा उब्जिदै छ । लागुऔषत प्रयोग पनि त्यस्को कारण हो । सामाजिक संञ्जालको दुरुपयोगले नेपाली समाजमा हत्या हिम्साको घटना अत्याधिक हुँदै गैई रहेको छ । नेपाली समाजमा कयौं महिला आफ्नो इज्तको डरले गर्दा पनि आफ्नो पीडा लुकाउन बाध्य छ्न् । उचित कानुन परामर्शको अभाव र गोप्नियताको अभावले धेरै महिला आफ्नो प्राण त्यागन बाध्य छन् ।

    सँगसँगै घरपरिवार, विद्यालयबाट नै छोरा छोरीमा निगरानी, असल शिक्षा अनि दिक्षा दिएर बालबालिकालाई हुर्काउन सक्नुपर्छ । तब मात्र आउने दिनमा महिला तथा बालिकाले फरक लिंग भएका कारणले कमजोर महसूस गर्नुपर्दैन, हिंसामा पर्नु पर्दैन ।