आइतबार, भाद्र २८ गते २०८३
images

नेपाल भलिबल संघको महासचिव पदमा ढोरपाटन क्लबका अध्यक्ष छन्त्यालको उम्मेदवारी घोषणा

एक्सप्रेस पाना
भाद्र ९, २०७९ बिहीबार
  • 269
    SHARES
  • नेपाल भलिबल संघको महासचिव पदमा ढोरपाटन क्लबका अध्यक्ष छन्त्यालको उम्मेदवारी घोषणा

    भदौ ९ काठमाडौं । नेपाल भलिबल संघको नवौ साधारण सभा यहीँ भदौ २२ गते कार्की व्यांकेट काठमाडौं मा हुन गई रहेको नयाँ कार्य समितीको लागि ढोरपाटन क्लबका अध्यक्ष तथा नेपाल भलिबल संघका सचिव मनबिर छन्त्यातद्वारा महासचिव पदको लागि उम्मेदारी घोषणा गरेका छन् ।

    images

    नेपाल खेलकुद पत्रकार मञ्चको कार्यलय त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । 

    यस्तो छ उनको एजेन्डा तथा अनुभव :
    एक पद एक ग्राउण्ड, एक रेफी एक प्रतियोगिता एक कोच एक टीम, भलिबलमा विगतका राम्रा हरेक गतिबिधिलाई समेटदै पारदर्शिता निश्पक्ष संस्थागत विकास व्यवस्थापकीय सुधार, खेलको ब्यावशायीकरण विगतका दिनदेखि आजसम्म आइपुग्दा मेरो आज भलिबल संग नङ्ग र मासुको सम्बन्ध जति छ त्यति नै सम्बन्ध रहेको छ । भन्दै उम्मेदवारी घोषणा गरेका हुन् । 

    images

    उनी भन्छन् जब म ५/६ बर्ष देखी भलिबल खेल्न थाले त्यति बेला देखि नै ग्राउड बनाउने खेल आयोजना गर्न एवम हाइ स्कुल हुँदै क्याम्पस पछि क्लब त्यस पश्चात संघको सदस्य, सचिवसम्म आयपुग्दा भलिबल खेलको बारेमा कण कण स्टेप स्टेप अनुभव र सबै कुरा थाहा पनि छ । भलिबल खेललाई कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा एथेस्ट अनुभव रहेको छ । भलिबल जुन तरिकाले गती लिइ राख्नेको छ त्यसमा मेरो पनि मिहिनेत परेको छ । जसमा टिकट सिस्टम, व्यावसायीक ग्राउण्ड, लिग सिस्टम पनि भलिबल नगद पुरस्कारको व्यवस्था मैले नै सुरु गरेको हो । उनले भने, संघहरुको गतिविधिमा सहभागी भइ हरेक मिटीङमा उपस्थित मात्र होइन, संघले दिएको जिम्मेवारी इमान्दारीका साथ पुरा गरेको छु । अझै महासचिवको पदमा रहेर भलिबलमा योगदान गने अटुट इच्चा रहेकोले म यसको घोषणा गर्न लागेको पनि बताए । 

    क्लबमा महिला भलिबल लिगमा ४५ वटा स्कुटी बाट खेलाडिहरुलाई पुर्ण पुरस्कृत गर्न सफल रहेको पनि थाहा नै छ । एक वटा पुरुष बीच भलिबल २ वटा अन्तर राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको अनुवभ पनि त म मा छ । खेलाडी, टीम रेफी, कोच र आयोजक सबैको अनुभव मात्र होइन म्यानेजमेन्टको पनि अनुभव रहेको छ । विभिन्न कमिटी बनाउने समेत उनले बताएका छन् ।