सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो छ आजको मौसम, यी प्रदेशमा भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
भाद्र १०, २०७९ शुक्रबार
  • 281
    SHARES
  • यस्तो छ आजको मौसम, यी प्रदेशमा भारी वर्षाको सम्भावना

    भदौ १० काठमाडौं । हाल सुदुर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली र बाँकी प्रदेशमा मनसुनमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सरको प्रभावले गण्डकी र लुम्बिनी, प्रदेश १ र बागमती प्रदेशको एक(दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ।

    images

    आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    वर्षाको सम्भावना रहेको पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र तराईका केही स्थानहरूमा तापक्रम बढ्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

    images

     

  • सम्बन्धित विषय:

  • # मौसम