एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब म्यान्चेस्टर युनाइटेडका ब्राजिलियन मिडफिल्डर कासिमेरोले १८ नम्बरको जर्सी पाएका छन् ।
गत साता मात्रै स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडबाट युनाइटेड अनुबन्ध भएका कासिमेरोले १८ नम्बरको जर्सी पाएका हुन् ।
क्यासेमिरोलाई युनाइटेडले ७० मिलियन युरो ६० मिलियन युरो र थप १० मिलियन युरो एड अनमा चार वर्षको लागि क्लबमा अनुबन्ध गरेको थियोे । उनी २०२७ सम्म म्यानचेस्टरमा रहनेछ ।


