सोमबार, भाद्र २९ गते २०८३
images

रग्बी खेल : मकवानपुर र चितवनबीच मैत्रीपूर्ण खेल हुने

एक्सप्रेस पाना
भाद्र १०, २०७९ शुक्रबार
  • 489
    SHARES
  • रग्बी खेल : मकवानपुर र चितवनबीच मैत्रीपूर्ण खेल हुने

    भदौ १० हेटौंडा । मकवानपुरमा पहिलोपटक रग्बी खेल हुने भएको छ । भोलि शनिबार हेटौंडा-५ क्याप्पा चौरमा हुने रग्बी खेलमा मकवानपुर र चितवनबीच मैत्रीपूर्ण खेल हुने लागेको रग्बी संघ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानले जानकारी दिए ।

    images

    आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष घलानले जिल्लामा रग्बी खेलाडी उत्पादनको लागि प्रशिक्षण कार्यक्रम भइरहेको समयमा महिला र पुरुष छुट्टा छुट्टै मैत्रीपूर्ण खेल खेलाउन लागिएको बताए । खेल शनिबार बिहान ८ बजे सुरु हुने रग्बीका राष्ट्रिय खेलाडी बिक्रम भारतीले बताए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख माधव कोईरला,राष्ट्रिय खेलाडी तथा रेफ्री सिलन श्रेष्ठ,प्रेम कोईरला लगाएतको उपस्थिति रहेको थियो ।