आइतबार, भाद्र २८ गते २०८३
images

भारतीय फुटबलमाथि फिफाको प्रतिबन्ध हट्यो

एक्सप्रेस पाना
भाद्र ११, २०७९ शनिबार
  • 252
    SHARES
  • भारतीय फुटबलमाथि फिफाको प्रतिबन्ध हट्यो

    भदौ ११ काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार भारत फुटबल संघ (एआइएफएफ) माथिको निलम्बन फकुवा गरेको छ ।

    images

    सन् २०२० मा हुनुपर्ने निर्वाचन १८ महिनासम्म नगरेपछि भारतको सर्वोच्च अदालतले तत्कालिन अध्यक्ष प्रफुल पटेललाई पदबाट हटाएको थियो ।  एआइएफएफको जिम्मेवारी तीन सदस्यीय कमिटिलाई दिएको थियो । यो कमिटिलाई अदालतले एआइएफएफको निर्वाचन र नयाँ विधान लागू गर्ने जिम्मेवारी दिएको थियो । तर फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको कारण देखाउँदै एआइएफएफलाई अगस्ट १६ मा तत्काल लागू हुने गरी निलम्बन गरेको थियो । 

    त्यसयता भारत फिफाको निलम्बनबाट फुकुवा हुन तिव्र रुपमा कार्य गरिरहेको थियो । भारतको सर्वोच्च अदालतले सोमबार आफैले गठन गरेको तीन सदस्यीय कमिटिलाई खारेज गर्दै एआइएफएफ सञ्चालनको अधिकार संघका महासचिव सुनन्दो धरलाई दिइएको थियो । 

    images

    सो आदेश लगत्तै महासचिव सुनन्दोले निलम्बनका बारेमा पुनर्विचार गर्न फिफा समक्ष आग्रह गरेका थिए । फिफाले पूर्ण रुपमा एआइएफएफले दैनिक प्रशासनिक काम आफ्नै नियन्त्रणमा लिएपछि मात्र निलम्बन फुकुवा हुने जनाएको थियो ।

    एआइएफएफको चुनावी साधरणसभा सेप्टेम्बर २ मा हुँदैछ । फिफाले एआइएफएफको दैनिक गतिबिधीमा निरन्तर निरिक्षण गर्ने र चुनावमा पनि सहयोग गर्न जनाएको छ । निलम्बन फुकवा भएसँगै भारतले अक्टोबर ११ देखि ३० सम्म आयोजना हुने भनिएको यु १७ महिला विश्वकपको आयोजना अधिकार पुनः प्राप्त गरेको छ । यसैगरी नेपालमा आयाेजना हुन लागेकाे महिला साफ च्याम्पियनसिप पनि खेल्ने छ ।