भदौ ११ मेलम्ची । प्रहरी चौकी पिप्लेको लागी जग्गाको खोजी गर्ने क्रममा आज मेलम्ची वडा नं ४ को पिप्लेमा सम्भाव्यता अध्ययन तथा निरीक्षण गरिएको छ ।
बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षि राज्यमन्त्री ईन्द्रमाया गुरुङ, नगर प्रमुख आईतमान तामाङ, पुर्व उपप्रमुख भगवती नेपाल, ईन्जिनियर जित बहादुर कार्की, वातावरण अधिकृत सुजन दुलाल, इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तमसिंह भण्डारी,अन्य जनप्रतिनिधि,स्थानिय ,राजनैतिक दल र कर्मचारीको टोलिले स्थल छनौट गर्न निरिक्षण गरेको हो । भवन निमार्णका लागि जग्गा व्यबस्थापनको कसरतमा नगरपालिका जुटेको हो ।
बागमती प्रदेस सरकारबाट ५० लाख पिप्लेमा चौकि भवन बनाउन विनियोजन गरिएको छ । जग्गा ब्यबस्थापन पछि छिट्टै प्रक्रिया पुरा गरेर निमार्ण कार्य थालिने नगर प्रमुख तामाङले जानकारी दिनुभयो । यसका लागि नगरले पनि सहयोग गर्ने उहाँले बताउनुभयो । यस प्रहरी चौकीबाट सिन्धु उपत्यकाका ५ वडामा लाभ पुग्ने छ ।
.jpg)


