शुक्रबार, भाद्र २६ गते २०८३
images

इंग्लिस प्रिमियर लिग : लिभरपुल र चेल्सी बराबरी

एक्सप्रेस पाना
भाद्र १३, २०७८ आइतबार
  • 276
    SHARES
  • इंग्लिस प्रिमियर लिग : लिभरपुल र चेल्सी बराबरी

    काठमाडौं १३ भदौ। इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबर खेलेका छन् । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित चेल्सीसँग १/१ गोलको बराबरीमा खेलेको हो ।

    images

    पहिलो हाफको अन्तिम समयमा मोहमद सलाहले पेनाल्टीबाट गोल गरेपछि लिभरपुल हारबाट जोगिएको हो । खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

    रेफ्रीले रीस जेम्सलाई रातो कार्ड दिँदै मैदानबाट बाहिरसमेत पठाएका थिए । जेम्सले साडियो मानेको प्रहार गोललाइनबाट हातले क्लियर गरेका थिए।

    images

    बराबरीसँगै लिभरपुलले ३ खेलबाट ७ अंक जोडेको छ। लिभरपुल तालिकाको तेस्रो स्थानमा रहेको छ।

    चेल्सीले पनि ३ खेलमा ७ अंक जोडेको छ । चेल्सी अंक तालिकाको दोस्रो स्थानमा रहेको छ।

    राति नै भएको अन्य ५ खेलमा एस्टन भिल्ला र ब्रेन्टफोर्डले १/१ को बराबरी खेले । घरेलु टोली ब्राइटन एभर्टनसङ  २-० गोल अन्तरले पराजित भयो । 

    न्युक्यासल र साउथह्याम्पटनले २/२ को बराबरी खेल्दा लेस्टर सिटीले नर्विच सिटीलाई २-१ गोल अन्तरले पराजित गर्‍यो । यस्तै बेस्ट हम युनाइटेड र  क्रिस्टल प्यालेसले २/२ को बराबरी खेले ।न्युज कारखाना