भदौ ११ हेटौंडा । मकवानपुरमा पहिलो पटक आयोजना भएको रग्बी खेल अन्तर्गत शनिबार हेटौंडा-५ स्थित पिप्ले–क्याम्पा रंगशालामा मकवानपुरको महिला र पुरुष टिमले चितवन जिल्लाको टिमसँग पहिलो खेलको रुपमा मैत्रीपूर्ण खेल खेलेको छ ।
मैत्रीपूर्ण खेलमा पुरुषतर्फको चितवन र महिलातर्फ मकवानपुर विजयी भएको छ । चितवनको पुरुष रग्बी टिमसँग मकवानपुरका पुरुष रग्बी टिम ३-१ स्कोरले पराजित भएको हो । महिलातर्फ भने मकवानपुर रग्बी टिमले चितवन महिला रग्बी टिमलाई ७-० स्कोरले हराएको हो । विजयी महिला र पुरुष टिमले ट्रफी प्राप्त गरेको छ ।

मकवानपुर रग्बी संघका अध्यक्ष लिला कुमार घलानको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा खेलको उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष वेश खड्गी, हेटौंडा-५ का वडाध्यक्ष सुशील घिमिरे र हेटौंडा-१ का वडाध्यक्ष सविन न्यौपानेको आतिथ्य रहेको थियो ।



