सोमबार, कार्तिक १७ गते २०८३
images
images

मेलम्ची–हेलम्बु सडक अवरुद्ध, सतर्कता अपनाउन अनुरोध

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 380
    SHARES
  • मेलम्ची–हेलम्बु सडक अवरुद्ध, सतर्कता अपनाउन अनुरोध

    गए रातिको बाढीले मेलम्ची-हेलम्बु सडक अन्तर्गत मेलम्ची-११ मा सडक अवरुद्ध भएको छ । सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

    images

    सडक अवरुद्ध हुँदा हेलम्बु गाउँपालिका र मेलम्चीको वडा नं ६ र ७ का स्थानीय प्रभावित भएका छन् । पानीको बहाव हेरेर सडक सञ्चालन गरिने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।

    No description available.

    images

    सतर्कता अपनाउन अनुरोध : सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो छ घण्टामा भारी वर्षा मापन गरिएको छ । मध्यरातदेखि बिहानसम्म पनि वर्षा जारी रहेकाले सो क्षेत्र भई बहने स-साना नदीमा आकस्मिक बहाव हुने हुँदा तटीय क्षेत्र तथा पहिरो जान सक्ने भएकाले भिरालो जमिनमा बिहानसम्मै उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    यसैबीच मेलम्ची खोलामा पनि बाढी आएको मेलम्ची-६ तालामाराङका योगबहादुर अर्यालले बताउनुभयो । हेलम्बु र मेलम्चीका नदीतटका बासिन्दा पानी पर्नेबित्तिकै समस्यामा पर्ने गरेका छन् ।

    No description available.

  • सम्बन्धित विषय:

  • # मेलम्ची