सोमबार, भाद्र २९ गते २०८३
images

रोहित सम्मिलित केडिरीको फेरि अर्को हार

एक्सप्रेस पाना
भाद्र १२, २०७९ आइतबार
  • 233
    SHARES
  • रोहित सम्मिलित केडिरीको फेरि अर्को हार

    भदौ १२ काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका रक्षक रोहित चन्दसम्मिलित पर्सिक केडिरीले इन्डोनेसियन लिगा वानमा छैटौं हार बेहोरेको छ । लिगमा हालसम्म जितविहीन रहेको केडिरी शनिबार बाली युनाइटेडसंग ४-० गोलले पराजित भयो । बालीको जितमा इर्फान जाया, इलिजा स्पासोजेभिच, इभर बेसा र लेर्बी इलियन्ड्री बारुले १/१ गोल गरे ।

    images

    खेलको आठौं मिनेटमा जायाले गोल गर्दै बालीलाई अग्रता लिएका थिए । ६३औं मिनेटमा स्पासोजेभिचले बालीको अग्रता दोब्बर पारे । यस्तै, ७०औं मिनेटमा बेसाको गोलबाट तेस्रो अग्रता लिएको बालीले ८२औं मिनेटमा बारुले चौथो गोल गरे ।

    खेलमा रोहितले निर्धारित ९० मिनेट नै मैदानमा बिताएका थिए ।
    लिगा वानमा सात खेल खेलेको केडिरीको यो छैटौं हार हो । सात खेलबाट १ अंक जोडेको केडिरी तालिकाका पुछारमा छ । यता, सात खेलबाट १५ अंक जोडेको बाली तालिकाको दोस्रो स्थानमा छ ।

    images

  • सम्बन्धित विषय:

  • # रोहित चन्द