बर्षौ देखी टाढिएका दिदी बहिनी माइतीमा भेला हुँदै !
ब्रत बस्न झिस्मेसेमै दर सँग रमाउदै !!
बर्ष भरिको सुख दु:ख साट्न गीताको भाका समाउदै !
मर्काउदै कम्मर लर्काउदै सारी नाच गान मा रमाउदै !!
आउथ्यो तिज स-परिवार को भेट घाट र रमाइलो गराउदै
आज भोली महिनौ अघी देखी बुकिङ् गर्छन् पार्टी प्यालेस गयो सांस्कृतिक हराउदै
देख्दै छु तिजमा आजकलका दिदी बहिनी नाच्दैछन बिदेशी गीत मा कराउदै
फेसन को चार्ड भयको छ आज्काल तिज भय भरको गरगहना र लुगा फाटा देखाउदै
हुनेलाई तिज नहुनेलाई साह्रै महँगो भयो आउछ अनी जान्छ तिज गरीबिको ढाड सेकाउदै
नाना भाती गर्छन् आजकल यकै दिन मा चार पाच वटा भोज भातेर देखाउदै
स-परिवार सङै बसौ यक आपसमा भेट घाट र आफ्नै परम्परा मा रमाउदै
अघी बढौ सवै नेपाली छाडौ है देखा सिकी, फेरी पनि आफ्नै पन मा रमाउदै !!
लेखक : प्रमाण शर्मा


